कञ्चनपुरमा थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा महाकाली अस्पतालमा गरिएको पिसिआर परिक्षणमा १५ जना र सिमा नाका गडडाचोकीमा गरिएको ऐन्टिजिनमा ५ जना गरि २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
यो संगै कञ्चनपुरमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय ९२ पुगेको छ भने, ऐन्टिजिनबाट परिक्षण गर्दा २ सय २ जनामा कोरोना पुष्टि भएको छ। सक्रिय संक्रमितको संख्या ६३ रहेको छ भने, कोरोना बाट मृत्यु हुनेको संख्या १६ पुगेको छ।
प्रतिक्रिया दिनुस