बेलौरी नगरपालिकाले किसानहरुलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण गरिएको छ। सोमबार एक कार्यक्रममा बिच नगरपालिकाले नब्बे ओटा कृषक समूह तथा सहकारीलाई मागमा आधारित पचास प्रतिशत अनुदानमा कृषि सामग्री वितरण गरेको हो।

नगरपालिका अन्तर्गतका किसानहरुलाई २८ ओटा पावर टिलर, १५ ओटा मिनी टिलर, २६ ओटा पम्पसेट, २ ओटा रिपर र १७ ओटा मोटर गरी जम्मा ९० ओटा कृषि सामग्रीहरु वितरण गरिएको कृषि शाखा प्रमुख सुमन राज जोशीले जानकारी । नगर प्रमुख पोतिलाल चौधरीले किसानहरुलाई कृषि कार्यका लागि सहज होस् भनेर सो सामग्रीहरु वितरण गरिएको बताए। उनले यसबाट कृषि उत्पादकत्व बढाई आर्थिकोपार्जन गरी जीविकोपार्जनमा किसानहरुलाई मद्दत पुग्ने बताए।

प्रतिक्रिया दिनुस