सुदूूूूूूरपश्चिमाञ्चल विश्वविद्यालयमा अध्ययनरत तिन जना विद्यार्थीहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। महाकाली अस्पतालको प्रयोगशालामा गरिएको पिसीआर परिक्षणमा उनिहरुमा संक्रमण पुष्टि भएको जानकारीमा आएको विश्वविद्यालयले जनाएको हो।

विश्वविद्यालयको ईन्जिनियरिङ संकाय चौथो सेमिष्टरमा अध्ययनरती ति छात्रहरुमा संक्रमण पुष्टि भएको इन्जिनियरीङ संकायका विभागिय प्रमुख तोरन प्रशाद भट्टले जानकारी दिए। उनिहरुलाई महेन्द्रनगरस्थित आईसिएसको भवनमा राखिएको छ । १० दिन पहिले परीक्षाको तयारीमा घर बसेका उनिहरुमा संक्रमण पुष्टि भएको उनले बताए।

यता विश्वविद्यालयस्थित विद्यार्थी संगठनहरुले कोरोना भाईरसको संक्रमण बढ्दै गएकोभन्दै वैकल्पीक माध्यमबाट पठनपाठन र परिक्षा सञ्चालन गरिनुपर्ने माग राख्दै आएका छन्।

प्रतिक्रिया दिनुस