कञ्चनपुरमा कार र मोटरसाइकल एक आसपमा ठोक्दिा एक जना घाइते भएका छन्। जिल्लाको सुक्लाफाँटा नगरपालिका –११ कलुवापुर स्थित अस्थायी ट्राफिक प्रहरी पोस्ट नजिक कार र मोटरसाइकल एकआपसमा ठोक्कीदा मोटरसाइकल चालक घाइते भएका हुन्।

May be an image of 1 person, standing, car and outdoors

जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी निरीक्षक केशव भट्टका अनुसार पुर्व बाट पश्चिम तर्फ आइरहेको बा २१ च १३०५ नम्बरको कारले विपरीत दिसातिर गइरहेको से ४ प ७३८८ नम्बरको मोटरसाइकललाइ ठक्कर दिदा मोटरसाइकल चालक बिर बहादुर चौधरी घाइते भएका हुन्।

मोटर साइकललाई ठक्कर दिएर कार चालक दिपक भट्ट फरार भएको प्रहरीले जनाएको छ। घाइते लाई उपचारका लागी धनगढी लगिएको छ।

प्रतिक्रिया दिनुस