सुदूरपश्चिमका थप १ सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार कञ्चनपुर र कैलालीका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा कञ्चनपुरका ८२ सहित सुदूरपश्चिममा थप एक सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

महाकाली अस्पतालमा पिसिआर परिक्षण गरिएकोमा ४२ जना र सिमा नाका गडडाचौकीमा गरिएको ऐन्टिजिनमा ३५ जना र भिमदत्त नगरपालिकाले गरेको परिक्षणमा २ जना गरी ७९ जनामा संक्रमण पुष्टि भएको छ। मंगगलवार भिमदत्त नगरपालिकामा २० जना, दोधारा, शुक्लाफँटा र बेलौरीकाका१–१ जनामा संक्रमण पुष्टि भएको महाकाली अस्पतालले जनाएको हो।

त्यस्तै धनगढी स्थित सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा गरिएको पिसीआर परिक्षणमा कञ्चनपुरको भिमदत्तका एक जना, कृष्णपुरका २ जना, धनगढीका २३ जना, गोदावरी र टिकापुरका ४र४ जना, लम्कीचुहाँ नगरपालीका, गौरीगंगा, जोशीपुर, बर्दगोरीया गाउँपालिकाका, एकरएक जनामा संक्रमण पुष्टि भएको छ। सेती प्रादेशीक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले डडेल्धुरा, बाजुरा र अछामका एकरएक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए। हाल अस्पतालमा ३३ जना कोरोना संक्रमितको उपचार भईरहेको उनले बताए।

प्रतिक्रिया दिनुस