कञ्चनपुरमा एक किराना पसलबाट गए राति ६ लाख बराबरको नगद रकम चोरी भएको छ। जिल्लाको सुक्फाँटा नगरपालिका –११ स्थित कलुवापुर बजारमा रहेको जगन्नाथ किराना पसलको ताला तोडी ६ लाख नगद रकम चोरी भएको हो।
मंगलबार राति पसलमा कोही नभएको मौका छोपी पसलको कुण्डी तोडेर चोरले गोलक तोडी ६ लाख जति नगद चोरी गरेको व्यवसायी यज्ञराज पन्तले बताए।
अरूबाट सापटी लिएको रुपैयाँ समेत चोरी भएपछि कसरी तिर्ने भन्ने चिन्ताले पिरोलेको उनले दुखेसो पोखे। घटनाको सूक्ष्म रूपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवम् डिएसपी अमर बहादुर थापा क्षेत्रीले केही व्यक्तिलाई आशङ्काको आधारमा नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए।
प्रतिक्रिया दिनुस