कञ्चनपुर कैलालीमा धानको बीउको मूल्य निर्धारण गरिएको छ। राष्ट्रिय बीउ उत्पादक सङ्घ कैलाली र कञ्चनपुरको गत चैत २१ गते बसेको बैठकले दुवै जिल्लामा लागू हुने गरी धानको बीउको मूल्य निर्धारण गरेको हो।
बर्खे धानखेती गर्ने किसानका लागि उन्नत तथा गुणस्तरीय धानको बीउको मूल्य निर्धारण गरिएको बीजवृद्धि कृषक सहकारी संस्था जानकी गाउँपालिका मुनुवाका प्रबन्धक गोविन्द रावतले जानकारि दिए।
यस वर्ष उन्नत जातको मोटा धानको बीउ प्रतिकिलो ६० र मसिनो रु ६५ कायम गरिएको उनले बताए। उत्पादन क्षेत्रमा लागेका र क्रियाशील बीउ उत्पादक सहकारीलाई मान्य हुने गरी सङ्घले उन्नत बीउसँगै प्रमाणित मोटा धानको बीउ प्रतिकिलो रु ६८ र मसिनो ७० निर्धारण गरेको छ। यस्तै मूल बीउ मोटा प्रतिकिलो रु ७० र मसिनो रु ७५ निर्धारण गरेको छ।
प्रतिक्रिया दिनुस