फाइल।

डोटीमा भारतबाट आएका एकजना कोरोना संक्रमितको निधन भएको छ। ११ दिनअघि भारतको गुजरातबाट काम गरी घर फर्किएका जिल्लाको दिपायल सिलगढी नगरपालिका–१ घटाली गाउँका युवकको मङ्गलबार राति मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले निज युवकका दाजुको गएको शनिबार भारतमा कोरोनाले मृत्यु भएको र घर आएपछि उनको मृत्यु भएपछि कोरोनाले मृत्यु भएको भन्ने आशङ्का बताए। जिल्ला अस्पतालका कोरोना सम्पर्क व्यक्ति तेजबहादुर शाहीले मृत्यु भएका व्यक्तिको कोरोना जाँच नगरिएको र भारतबाट घर आएर होम आइसोलेशनमा बसेका बेला मृत्यु भएको भन्ने खबर आएको बताए।

युवकको सम्पर्कमा आएका व्यक्ति तथा उनको घर परिवारका सदस्यको स्वाब जाँच गर्न जिल्ला स्वास्थ्य कार्यालयलाई निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ।

प्रतिक्रिया दिनुस