फाइल।

अछाममा कोरोना संक्रमितको निधन भएको छ। जिल्लाको साँफेबगर नगरपालिका–६ भागेश्वरका ६५ वर्षका एक पुरुषको बिहिबार मृत्यु भएको हो। उनी एक महिना अघि भारतको गुजरातबाट आएका थिए।

स्वास्थ्यमा समस्या देखिएपछि बयालपाटा अस्पतालमा आएका उनीमा बुधवार कोरोना संक्रमण पुष्टि भएको थियो। आज बिहान उपचारको क्रममा मृत्यु भएको जिल्ला अस्पताल अस्पतालका प्रमुख अतुल भारद्धावाजले जानकारी दिए।

प्रतिक्रिया दिनुस