नेपालमा दिनहु कोरोना भाइरस संक्रमण बढ्दो दरमा रहेको छ। बुधबार थप २३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८८४४ नमूनाको पीसीआर परीक्षण र ८०३ जनाको एन्टिजेन परीक्षण भएको थियो।

त्यसमध्ये पीसीआरबाट २२२० जना र एन्टिजेनबाट १३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। २४ घण्टामा २८७ जना उपचारपछि डिस्चार्ज भएर घर फर्केका छन् । योसँगै निको हुनेको सङ्ख्या २,७६,०९३ पुगेका छन् । योसंगै नेपालमा कूल संक्रमितको सङ्ख्या २,८९,९१८ पुगेको छ।

प्रतिक्रिया दिनुस