फाइल।

डोटीमा कुहिएको अवस्थामा एक महिलाको शव फेला परेको छ। जिल्लाको दिपायल सिलगढी नगरपालिका – ७ र पुर्वीचौकी गाउँपालिका –१ को सिमा क्षेत्रमा एक साता पहिले हराएकी बसन्ती लुहारको शव फेला परेको डोटी प्रहरीले जनाएको हो।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरिक्षक इन्द्रबहादुर मल्लले बैसाख २ गते घरबाट निस्किएकी आर्दश गाउँपालिका –१ बाजकी अन्ताजी ४०–४५ वर्षीया लुहारको मंगलबार राती कुहिएको अवस्थामा शव फेला परेको बताए। टाउकोमा पुरै धमिरा लागेको र शरीर कुहिएको अवस्थामा फेला परेको शव पोष्टमार्टमकालागी जिल्ला अस्पताल लगिएको उनले बताए। घटनाको थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुस