भीमदत्त नगरपालिकाको १५ नम्बर वडा कार्यालयको भवन बनेको छ। भीमदत्त नगरपालिकाले एक करोड ६७ लाखमा वडा कार्यालय भवन बनाएको हो। भीमदत्तका सबै १९ ओटै वडाका वडा कार्यालय भवन बनाउने लक्ष्य अनुसार वडा कार्यालय भवन निर्माण गरिएको हो । भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले शनिबार भवनको औपचारिक रुपमा उद्घाटन गरेका छन् ।
वडा कार्यालयको नव निर्मित भवनमा शिलालेख अनावरण गरी मेयर विष्टले भवन उद्घाटन गरेका छन् । वडा कार्यालय भवनसंगै नव निर्मित आधारभूत स्वास्थ्य केन्द्रको भवन पनि उद्घाटन गरिएको छ ।
‘वडा वासीलाई यो नव निर्मित वडा कार्यालयबाट सहज रुपमा सेवा सुविधा प्रवाह गर्न सहज हुने विश्वास लिएका छौ’ उद्घाटन कार्यक्रममा मेयर विष्टले भने,‘नगरका सबै वडामा वडा कार्यालय भवन निर्माण गरि रहेका छौ ।’
कार्यक्रममा उप मेयर सुशिला चन्द सिहले वडा कार्यालय भवन निर्माण कार्य नगर वासिन्दाका लागि खुसीको क्षण भएको बताइन् ।
कार्यक्रममा भीमदत्त नगरपालिका १२ का अध्यक्ष कृष्ण सिह देउपा, ८ का अध्यक्ष ध्वज बहादुर बहादुर विष्टले नगरको विकासका लागि सबै जनप्रतिनिधि एक भएर लागेको बताए । नेकप(एमाले)का पूर्व वडा कमिटी अध्यक्ष बिश्राम चन्दले वडाको विकासका लागि राजनीतिक दल सहित सबैले एक हुनु पर्ने धारणा राखे ।
वडा अध्यक्ष भीमदत्त बहादुर शाहुको अध्यक्षतामा गरिएको कार्यक्रममा भीनपा ११ का अध्यक्ष प्रेम प्रसाद जैसी, १४ का अध्यक्ष उत्तम बहादुर विष्ट, ४ का अध्यक्ष लक्ष्मीदत्त बोहरा, वडा सदस्यहरु दामोदर भट्ट, लक्ष्मी दमाई, नन्दराम भाट, पूर्व वडा अध्यक्ष किसन सिह घडेरी, सहकारीकर्मी प्रेम सिह भाट, युवा संघका केन्द्रीय सदस्य दिपक चन्द, नेपाल शिक्षक संघका सुदूरपश्चिम प्रदेशह संयोजक बिर्ख बहादुर मल्ल लगायतका सहभागी भए । वडा अध्यक्ष शाहुले स्थानीय तह निर्वाचनपछि वडामा गरिएको विकास निर्माण सहितको प्रगतिको जानकारी गराए ।
त्यस्तै शनिवार नै भीमदत्त नगरपालिका वडा नम्बर ५ को भवन निर्माणको शिलान्यास गरिएको छ। भनव निर्माणका लागी वडा नम्बर ५ का स्थानिय तथा पुर्व नापी अधिकृत र शिक्षक चन्दले एक–एक कठ्ठा जमिन दान गरेका हुन्।
वडा कार्यालय वनको निर्माणका लागी वाई.आर–अमृत जे.भीं निर्माणकम्पनि सँग १ करोड ६७ लाख १६ हजारमा आगामी चैत्र सम्म निर्माण सम्पन्न गरिसक्ने गरि ठेक्कासम्झौता गरिएको छ।
एक समारोहका बिच भवन निर्माणको शिलान्यास नगरप्रमुख सुरेन्द्र सिह बिष्टले गरेका हुन्।