कञ्चनपुर कैलालीका एक–एक कोरोना संक्रमितको मृत्यु भएको छ। भीमदत्त नगरपालिका–१५ का ७० वर्षीय पुरूषको गएराति महाकाली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सूचना अधिकारी नारद भट्टले बैशाख १० गते अस्पताल भर्ना भएका उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा गएराति मृत्यु भएको पुष्टि गरे ।
त्यस्तै कैलालीमा आइतबार साझ थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। टीकापुर नगरपालिका १० का ५५ वर्षका पुरुषको कोरोना संक्रमण बाट मृत्यु भएको हो। सेती प्रादेशिक अस्पतालमा ७ गते भर्ना भएका पुरुषलाई कडा निमोनिया थियो। उपचारकै क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकार दिलीप कुमार श्रेष्ठले बताए। आइतबार बिहान पनि कैलालीका एक पुरुषको कोरोना बाट मृत्यु भएको थियो।
प्रतिक्रिया दिनुस