कञ्चनपुरबाट जन्ती बोकेर गएको जिप बैतडीमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। पाटन खोड्पे सडक अन्र्तगत हिरापुरमा १२ जना जन्तीबोकेको जिप दुर्घटना हुँदा दशरथचन्द नगरपालिका –३ का ५५ वर्षीय देवदत्त जोशीको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन्।
एक जनाको अवस्था गम्भीर भएपछि उनलाई डडेल्धुरा अस्पताल रिफर गरिएको बैतडी प्रहरीले जनाएको छ। अन्यको पाटन प्रार्थमीक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको बैतडीका प्रहरी प्रवक्ता जनक बहादुर धामीले जानकारी दिए।
सुदूरपश्चिम प्रदेश ०२००१ ज ३७७ नम्बरको बलेरो जिप सोमबार विहान ५ः५० बजेको समयमा दुर्घटनामा परेको हो। घटना बारे थप बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुस