
कञ्चनपुरको भीमदत्त नगरपालिकाले एक हप्ताका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ। नगरपालिका प्रमुख प्रशासकीय अधिकृत पुष्कर प्रसाद भट्टले वैशाख १४ देखि २० गतेसम्म नगर कार्यपालिकाको कार्यालयबाट सेवा प्रवाह बन्द हुने जानकारी दिए।
नगरपालिकाका केही नागरिक र कर्मचारी समेत संक्रमित भएपछि सेवा प्रवाहमा कठिनाइ भएको र फैलिने जोखिम बढेको कारण देखाउँदै यस्तो निर्णय गरिएको उनले बताए। वडा कार्यालयबाट दिइने सेवा बन्द गर्ने वा नगर्ने भन्ने निर्णय भने वडा समितिले नै गर्ने भनिएको छ।
		प्रतिक्रिया दिनुस
		
	
