कञ्चनपुर र कैलालीमा आजदेखि रातिको समयमा लकडाउन गर्ने निर्णय गरिएको छ। दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा भएको बैठकले कोरोना संक्रमण बढ्दै गएपछि राति ८ बजेदेखि बिहान ५ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको हो। यो समयमा हिँडडुल गर्न पनि बन्देज लगाइएको छ।

अन्य समयमा पनि अनिवार्य कामबाहेक बाहिर ननिस्कन आग्रह गरिएको छ। बैठकले स्थानीय थहरुलाई साविकका क्वारेन्टाइन र आइसोलसनलाई पुनः सञ्चालनमा ल्याउन र आवश्यक ठाउँमा थप गर्न आग्रह गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुस