महेन्द्रनगर–कञ्चनपुरमा मास्क नलगाई हिँडनेलाई जरिवाना लगाइने भएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कोरोनाको दोस्रो लहर बढ्दै गएपछि बजार क्षेत्र तथा सार्वजनिक क्षेत्रमा मास्क प्रयोग नगर्नेलाई ५० रुपैया जरिवाना तोकेको हो।

आईतवार जिल्ला विपद व्यवस्थापनको वैठकबाट जिल्लामा संक्रमितको संख्या बढदै गईरहेकोले सबै स्थानीय निकायलाई साविकको आईसोलेसन केन्द्रलाई पुनः संचालन गर्ने तथा थप आईसोलेसन निर्माण गर्ने मास्क नलगाउनेलाई ५० रुपैया जरिवाना गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी रामकुमार महताले जानकारी दिए। उनले मास्क नलगाइ हिड्नेलाइ मास्क वितरण र ५० रुपैया जरिवाना गराइने बताए।

प्रतिक्रिया दिनुस