पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा तीन हजार ४४२ जनामा कोरोना संक्रमण भएको छ । तथ्यांक अनुसार नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन हजार १७६ पुगेको छ । संक्रमितको संख्या तीन लाख तीन हजार ५६१ पुगेको छ ।

मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या २२ हजार ४३४ रहेको छ । चौबीस घण्टामा ३७८ जना निको भएका छन् । हालसम्म नेपालमा दुई लाख ७७ हजार ९५१ कोरोना संक्रमित निको भइसकेका छन् । हाल आइसोलेसनमा २२ हजार ४३४ छन् भने ६५ जना क्वारिन्टमा छन् । कोरोना संक्रमणको दर फैलिने क्रम बढेपछि काठमाडौं उपत्यकासहित ५०० भन्दा धेरै सक्रिय संक्रमित रहेका जिल्लामा निषेधाज्ञाको तयारी सम्बन्धित जिल्लाहरुले गरिहेका छन् । केही जिल्ला तथा नगरपालिकाहरुले निषेधाज्ञा गरिसकेका छन् ।

प्रतिक्रिया दिनुस