कञ्चनपुर–कैलालीका थप २ सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा महाकाली अस्पताल, गड्डाचौकी नाका र स्थानियतहका ल्यावमा गरीएको परीक्षणमा कञ्चनपुरका थप ७१ जनामा संक्रमण पुष्टि भएको हो।
महाकाली अस्पतालको प्रयोगशालामा गरीएको पिसिआर परिक्षणमा भीमदत्त नगरपालिकाका ३९ जना, पुर्नवासका २ जना, शुक्लाफाँटा, वेदकोट, कृष्णपुर र बेलौरीका १–१ जना गरि ४५ जनामा कोरोना पुष्टि छ। यस्तै, सिमा नाका गडडाचौकीमा गरिएको ऐन्टिजिनमा ४ जना, महाकाली अस्पतालमा ४ जना, पुर्नवासमा १५ जना, वेदकोटमा १३ जना गरी २६ जनामा कोरोना संक्रमण पुष्टि भएकोे जिल्ला स्वास्थ्य कार्यालयका कम्प्युटर अपरेटर महेन्द्रा भट्टले जानकारी दिईन्।
यो संगै कञ्चनपुरमा कोरोना संक्रमितको संख्या २ हजार ९१ पुगेको छ भने, ऐन्टिजिनबाट परिक्षण गर्दा ७ सय ७८ जनामा कोरोना पुष्टि भएको छ। सक्रिय संक्रमितको संख्या ३ सय २५ रहेको छ भने कोरोना बाट मृत्यु हुनेको संख्या २७ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २७८ जनाको परीक्षणमा १३७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।
त्यस्तै बिहिबार कैलाली ४ र कञ्चनपुरका ३ जनाले कारोना भाइरसको संक्रमण बाट ज्यान गुमाएका छन्।