कैलालीको गेटा मेडिकल कलेजलाई कोरोना उपचार केन्द्रका रूपमा प्रयोग गरिने भएको छ । धनगढीमा ५५ शय्याको अस्थायी कोरोना अस्पतालमा अहिले ५७ जनाको उपचार भइरहेको छ । यस्तो बेला गेटा मेडिकल कलेजलाई कोरोना उपचार केन्द्रको रूपमा प्रयोग गर्दा केही सहज हुने अपेक्षा गरिएको छ ।

सङ्घीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको पहलमा मेडिकल कलेजलाई कोरोना उपचार केन्द्रका रूपमा तत्कालै सचांलन गर्ने निर्णय भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको स्वकीय सचिवालयले जनाएको छ । सङ्घीय सरकार मातहत सञ्चालन हुने उक्त उपचार केन्द्र केही दिनमा कैलालीका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको जिल्ला कोभिड–१९ सकंट व्यवस्थापन केन्द्रको जिम्मा लगाइने स्वकीय सचिव हितेश ओझाले जानकारी दिए ।

प्रतिक्रिया दिनुस