बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा ट्याक्टरको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । सोही गाउँपालिका वडा नम्बर ३ जुकोटका स्थानिय अंग कडारका छोरा जगत कडाराको ट्याक्टरको ठक्करबाट मृत्यु भएको ईलाका प्रहरी कार्यालय स्वामीकार्तिकले जनाएको छ ।

स्वामीकार्तिक खापर गाउँपालिकाको सडक खण्ड अन्तर्गत पर्ने वडा नं तिनको वडा कार्यालय नजिकै ट्याक्टरको ठक्करबाट नौ वर्षिय कडाराको मृत्यु भएको प्रहरी सहायक निरीक्षक पृथ्वी शाहीले जानकारी दिए । जुकोटबाट पीलुचौर आउदै गरेको राजेन्द्र नाथको वान टेष्ट ट्याक्टरको ठक्करबाट बालकको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुस