– पछिल्लो २४ घण्टामा ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार २७९ पुगेको छ। आज देशभर पाँच हजार ७२७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १५ हजार ३९१ जनाका पिसिआर र ५२५ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा पाँच हजार ७२७ जनालाई संक्रमण पुष्टि भएको छ।

योसँगै नेपालमा संक्रमित हुनेको सख्या तीन लाख २३ हजार १८७ पुगेको छ। हाल नेपालमा सक्रिय संक्रमितको सख्ंया ३८ हजार ८१३ पुगेको छ। आज देशभर ९२८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। हालसम्म २ लाख ८१ हजार ९५ संक्रमित निको भइसकेका छन्।देशभर ५५ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार प्रदेश १ को मोरङ, प्रदेश २ को पर्सा, बागमती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर र चितवनमा पाँच सय बढी सक्रिय संक्रमित रहेका छ्न।

त्यसैगरी,गण्डकी प्रदेशको कास्की, लुम्बिनी प्रदेशको दाङ, बाँके र रुपन्देहीमा पाँच बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यसैगरी कर्णाली प्रदेशको सुर्खेतमा पनि पाँच सय बढी सक्रिय संक्रमित पुगेका छन्। त्यसैगरी, प्रदेश १ को सुनसरी र झापा, प्रदेश २ को बारा र धनुषा, बागमती प्रदेशको मकवानपुर र काभे्रपलाञ्चोक, लुम्बिनी प्रदेशको पाल्पा, बर्दिया र कपिलवस्तुमा दुई सय बढी संक्रमित रहेका छन्। सुदुरपश्चिम प्रदेशको कन्चनपुरमा दुई सयभन्दा बढी संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुस