नेकपा (क्रान्तिकारी माओवादी) दार्चुला जिल्लाका सहसेक्रेटरी जगत धामीको असामयिक निधन भएको छ। महाकाली नगरपालिका – १ धम्पन्याल स्थायी घरका कमरेड जगत दार्चुला सदरमुकाममा बस्दै आउनु भएको थियो।

उनको शुक्रबार असामयिक निधन भएको हो। धामीको निधनले पार्टी र क्रान्तिलाई अपुरणीय क्षति पुगेको भन्दै प्रदेश पार्टीले शोक वक्तव्य जारी गरेको छ। प्रदेश पार्टी सचिव चिन्तकले जारी गरेको शोक वक्तव्यमा नयाँ जनवादी क्रान्ति पुरा गर्दै साम्यवादसम्म पुग्ने कमरेड जगतको चाहनामा पार्टी निरन्तर लागिरहने प्रणसहित कामरेड जगतप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ । र, साथै पार्टी पंक्ति र परिवारजनमा हार्दिक समवेदना प्रकट गरिएको छ।

प्रतिक्रिया दिनुस