कञ्चनपुरको बेलौरीबाट प्रहरीले भारी मात्रामा मलखाद बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट प्रहरी निरीक्षक कमल कुमार खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले बेलौरी नगरपालिका २ टेडुवाबाट १ सय ४८ कट्टा डिएपी मलखाद बरामद गरेको हो ।

बजारमूल्य २ लाख ९६ हजार रूपैयाँ बराबर रहेको उक्त भारतीय डिएपी मलखाद बेवारिसे अवस्थामा फेला पारी बरामद गरिएको र आवश्यक कार्वाहीका लागि शुक्रबार भन्सार कार्यालय चलान गरिएको प्रहरी निरीक्षक कमल कुमार खड्काले बताए।

प्रतिक्रिया दिनुस