फाइल।

महेन्द्रनगर–कञ्चनपुर, कैलालीका थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा पुर्नवास नगरपालिका वडा नम्बर ३ की ७४ वर्षीय महिला र घोडाघोडी नगरपालिका २ सुखड घर भएकी ५७ वर्षीया महिला रहेका छन्। २० गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएकी पुर्नवासकी ७४ वर्षीय महिलाको एन्टिजेन बिधिबाट परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो।

उनको शुक्रबार बिहान साढे ६ बजेको समयमा सेती प्रादेशिक अस्पतालको आईसीयूमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यायल कैलालीका सूचना अधिकारी शिवराज जोशिले बताए।

त्यस्तै दम सम्बन्धि बिरामी रहेकी घोडाघोडीकी ५७ वर्षीया महिलालाई १८ गते एक निजी अस्पतालमा भर्ना गरिएको थियो। पीसीआर रिर्पोट पोजेटिभ आएकोमा उनको उपचारको क्रममा शुक्रबार बिहान २ः४५ बजेको समयमा मृत्यु भएको जिल्ला प्रशासन कार्यायल कैलालीले जनाएको छ।

प्रतिक्रिया दिनुस