गोपाल साउद
भौतारी रहेको छ एक मानव,
हरेक बिहानि सुन्दर बनाउन,
हरेक दिन दुई छाक टार्न,
नानाबाला लाई खुशी राख्न,
हरेक रात मिठो सपना देख्न।।

यी सबै उसका सपना मात्रै थिए,
पसिना उसको, रगत उसको,
समय उसको, परिश्रम उसको,
न रगतको सम्मान न पसिनाको,
पाएन उसले पारिश्रमिक ज्याला,
समय पनि बिजोग छ उसको।
बेइमानीले भरिएको सिहदरवार बाहिर
न्याय खोजी रहेको छ एक मानव।।

प्रतिक्रिया दिनुस