बैतडीको दोगडाकेदार गाउँपालिकाले आफूसंग रहेका सबै सवारी साधन कोरोना नियन्त्रणमा प्रयोग गर्ने जनाएको छ। गाउँपालिकाले शनिबार एक सूचना जारी गर्दै अध्यक्ष र उपाध्यक्ष चढ्ने गाडी सहित सबै कोरोना नियन्त्रणमा प्रयोग गर्ने निर्णय भएको जनाएको छ। गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रविन्द्रबहादुर धामीका अनुसार गाउँपालिकामा एक एम्बुलेन्स, एक टीपर, एक बोलेरो जिप र एक कार रहेका छन्। दोगडाकेदार गाउँपालिकाले यसअघि संक्रमित बिरामी बोक्नको लागि एम्बुलेन्स मात्रै प्रयोग गरेको थियो। महामारीले भयावह रुप लिदैं गएकोे भन्दै गाउँपालिकाले आफ्ना सम्पूर्ण सवारी साधनलाई संक्रमित बोक्नका लागि प्रयोग गर्ने निर्णय गरेको हो।

यस्तै पालिकाले प्रत्येक वडामा कोभिड संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्यकर्मीहरुलाई सम्पर्क व्यक्तिको रुपमा तोकेको छ । गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत एक चिकित्सकसहित ११ स्वास्थ्यकर्मीहरुसम्पर्क व्यक्तिहरु तोकेको हो । प्रमुख प्रशासकीय अधिकृत धामीका अनुसार कोरोनाले भयावह रुप लिने कुरालाई मध्यनजर गर्दै कुनै व्यक्ति संक्रमित भएमा आवश्यक परामर्श र सल्लाहका लागि सम्पर्क व्यक्ति तोकिएका हुन् ।

महामारीले भयावह रुप लिदैं गएकोे भन्दै गाउँपालिकाले आफ्ना सम्पूर्ण सवारी साधनलाई संक्रमित बोक्नका लागि प्रयोग गर्ने निर्णय गरेको हो। यस्तै पालिकाले प्रत्येक वडामा कोभिड संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्यकर्मीहरुलाई सम्पर्क व्यक्तिको रुपमा तोकेको छ । गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत एक चिकित्सकसहित ११ स्वास्थ्यकर्मीहरुसम्पर्क व्यक्तिहरु तोकेको हो ।

प्रमुख प्रशासकीय अधिकृत धामीका अनुसार कोरोनाले भयावह रुप लिने कुरालाई मध्यनजर गर्दै कुनै व्यक्ति संक्रमित भएमा आवश्यक परामर्श र सल्लाहका लागि सम्पर्क व्यक्ति तोकिएका हुन् ।

प्रतिक्रिया दिनुस