फाइल।

२५ वैशाख महेन्द्रनगर–कोरोना निवारण र शान्तिका लागी सुदूरपश्चिममा देवी देवता सँग प्रार्थना गरिने भएको छ। सुदूरपश्चिम पण्डित ब्राह्मण समाजले आइतबार कोरोना निवारण र शान्तिका लागी प्रार्थना यज्ञ पूजा गर्ने भएका हुन्। उक्त विशेष पूजाको समन्वय आर्चाय घनश्याम लेखक, पण्डित मनिराज जोशी, पण्डित हरिशरण उपाध्याय, पदम राज अवस्थी, धृत राज उपाध्याय, खगेन्द्र अवस्थी सहितकाले गरिरहेका छन्। आर्चाय घनश्याम लेखकका अनुसार आइतबार बिहान ९ बजेदेखि दिउसो १ बजे सम्म सुदूरपश्चिमका विभिन्न स्थानबाट १ सय ८ ब्राह्मणले आ–आफ्नो घरबाट उक्त पूजा गर्ने छन्।
बिहान देखी चल्ने पूजामा चण्डी पाठ, रुद्री पाठ एवम् हनुमान चालिसा पाठ हुने आर्चाय लेखकले बताए। उनले उक्त पाठमा ‘ जयन्ती मंगलाकाली, भद्रकाली कपालनी, दुर्गा क्षमा शिवा धात्री स्वहा ! स्वधा नमोस्तुते मन्त्रको समेत जाप गरिने बताए।

प्रतिक्रिया दिनुस