बेलडाँडी प्रहरीले सिमा क्षेत्रबाट अबैध रुपमा ल्याउदै गरेको मलखाद बरामद गरेको छ। ईलाका प्रहरी कार्यालय बेलडाँडी मातहतको प्रहरी चौकी भुडाले अबैध रुपमा भारतबाट ल्याउदै गरेको ४ लाख मुल्य बराबरको मलखाद बरामद् गरेको हो ।

प्रहरी चौकी भुडाबाट प्रहरी सहायक निरिक्षक लोकेश नाथको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्लाको बेलौरी नगरपालिका १० सडकघाटमा भारतबाट भन्सार छली ल्याइएका २ सय ११ कट्टा मलखाद र मलखाद ल्याउन प्रयोग गरेको २ वटा ट्र्याक्टरको ट्रली सहीत झण्डै ४ लाख ११ हजार बराबरको सामान बरामद गरेको हो।

विना नम्बरका दुई ट्रली सहीत आवश्यक कार्वाहीका लागि भन्सार पठाईने ईलाका प्रहरी कार्यालय बेलडाँडी प्रहरी निरिक्षक रबिन्द्र कठायतले जानकारी दिए। बेवारिसे अवस्थामा फेला पारिएको सो मलखादमाथि थप अनुसन्धान भइरहेको र ति दुवै ट्रलीमा भारतबाट नेपाल ल्याउदै गर्दा पक्राउ गरेको बताउदै प्रहरी गस्ती टोली देख्ने वित्तीकै ट्रली छोडी ट्याक्टर सहित संलग्न मानिस फरार भएको उनले बताए । अहिले दुवै ट्रली सहित मलखाद ईप्रका बेलडाँडीमा राखिएको छ ।

प्रतिक्रिया दिनुस