बैतडी बैशाख २९ । बैतडी जिल्लाको बिकट भौगोलिक बनावट रहेको डिलाशैनी गाउँपालिका -४ मठैराज सम्म कुनै ठाउँबाट सडक पुर्वाधार निर्माण हुन सकेको छैन । विगत लामो समयदेखि दु:खको जिवन बिताइरहेका मठैराजका जनता अझै सडकको पहुँच नहुँदा -४ घन्टा लामो पैदल हिँडेर नुन तेल किन्न बजार पुग्न पर्ने वाध्यता अझै रहेको छ ।

गत बर्ष देखि युवा सन्तोष प्रकाश जोशीको अगुवाइमा डिलाशैनी गाउँपालिकाको गोकुलेश्वर बाट डिलाशैनीको धामीगाउँ सम्म सडक निर्माण गर्ने सफल भएका थिए । धामीगाउँ सडक पुर्याएपछि छिट्टै मठैराज सम्म सडक निर्माण गर्न मठैराजका युवाले प्रदेश संसद प्रेम प्रकाश भट्ट आदित्य संग हारगुहार गरेर सडक निर्माणका लागि सासंद कोषको १० लाख रकम बजेज बिनियोजन गराउन सफल भए केहि रकम र तेल डिलाशैनी गाउँपालिकाबाट पाउने आसमा जेठ महिना सम्म सडक निर्माण गरिसक्ने लक्ष्य लिएर सडक निर्माण गर्ने साधन लिएर सडक काट्न गएका मठैराजका युवा लाइ धामिगाउँका स्थानीयले अवरोध खडा गरेका छन् ।

सडक निर्माण गर्ने  र सहजिकरण गर्ने गएको मठैराजका युवा टोली माथि आक्रमण गर्ने पुगेका मठैराजका स्थानीय महेश पन्तले हाम्रो कालापानी खवरलाइ जानकारी दिनुभयो। उन्का अनुसार डिलाशैनीको धामीगाउँ बाट मठैराजका लागि सडक निर्माण गर्ने नदिने भनेर अवरोध गरेका छन १५ दिन भइसक्यो कुनै ठाउँबाट पनि सडक निर्माण गर्ने दिएका छैनन् ।

उन्ले दुखेसो पाखे गत बर्ष पनि पुर्चैडी नगरपालिकाको साँफेबजारबाट ठटेलेक हुदै कालापानी मठैराज सम्म सडक निर्माण गर्ने प्रदेश सांसद प्रेम प्रकाश भट्टका सांसद कोषको ४० लाख र डिलाशैनी गाउँपालिकाको २० लाख पुर्चैडी नगरपालिका ठटेका स्थानीय र डिलाशैनी गाउँपालिका कार्यालयको लापर्वाही कारण ६० लाख रकम फ्रिज जान पुगेको स्थानीय पन्तले बताए ।

गत बर्ष पनि रकम बिनियोजन गरिएको फ्रिज गयो यो बर्ष धेरै मेहनत गरेर सडक निर्माण गर्ने जेसिबि ल्याएर धामिगाउँ राखेका छौं धामीगाँउका स्थानीयहरुले सडक निर्माण गर्दा अवरोध खडा गरेका छन् मठैराजलाइ सधैं हेपेका छन अझै पहल गर्दै छौँ अवरोध गरे बल प्रयोग गरेर पनि सडक काट्न बताए ।केहिदिन देखि मठैराजका स्थानीय आक्रोसित भएका स्थानिय पन्तले धामीगाँउबाट मठैराज जाने सडक जसरी पनि काट्न जस्तोसुकै कदम पनि चाल्ने पन्तले बताए

प्रतिक्रिया दिनुस