धर्मानन्द भट्ट,
कहिले आफै खोजी खोजी भेट्न आउनु हुन्छ।
कहिले मलाई फोन गरेर भेट्न बोलाउनु हुन्छ।
बर्सौंदेखी को माया हो यति चाडैं छुट्छ ठान्छौ,
कहिले रिसाउनु हुन्छ त कहिले फकाउनु हुन्छ।
कहिले काहीँ कुरा मिल्दैन तँ तँ म म पनि हुन्छ,
र तलका स्यालहरू जोड जोडले कराउनु हुन्छ।
एउटै डुङ्गा छ हाम्रो खोला तर्ने बिश्वास गर्नु पर्छ,
डर लागि-रहन्छ कहिले त उहाँले डुबाउनु हुन्छ।
ढुक्क हुनुस केही हुन्न यसरी चलि रहन्छ हाम्रो,
कहिले म थर्काउछुँ कहिले उहाँ थर्काउनु हुन्छ।
अँध्यारो भयो भनेर कोलाहल मच्चाउछौ मूर्ख,
बिर्सन्छौ बादल फाटछ फेरि सूर्य उदाउनु हुन्छ।
२०७८/०१/३१ महेन्द्रनगर
प्रतिक्रिया दिनुस