कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१ गणेशपुरमा सेप्टिक ट्याङ्कीमा फसेको एक गाईलाई करिब ७ घण्टापछि सकुशल उद्धार गरिएको छ ।

गणेशपुर निवासी कर्णबहादुर बिष्टको घर आँगनमा बाँधिएको गाई बुधबार अपराह्न करिब ४ बजे शौचालयको सेप्टिक ट्याङ्कीको छत फुटेपछि ट्याङ्कीभित्र खसेर फसेको थियो । स्थानीयवासीले विभिन्न प्रयास गर्दा पनि गाईलाई बाहिर निकाल्न नसकेपछि वडा सदस्य बलदेव अवस्थीको पहलमा उद्धार टोली परिचालन गरिएको थियो ।

उद्धारका लागि सशस्त्र प्रहरी बल ३५ नम्बर शैलेश्वरी गणबाट सशस्त्र प्रहरी असइ नरेन्द्र राज ओझाको कमान्डमा ११ जनाको टोली तथा इलाका प्रहरी कार्यालय झलारी र मातहतबाट नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । उद्धार टोली, जनप्रतिनिधि बल्देब अबस्थी, पत्रकार धनञ्जय अवस्थी तथा स्थानीय बासिन्दाको संयुक्त प्रयासमा राति करिब ११:१५ बजे गाईलाई सकुशल बाहिर निकालिएको थियो ।

उद्धार गरिएको गाई साउन-भदौतिर ब्याउने रहेको गाई धनी कर्णबहादुर बिष्टले जानकारी दिनु भएको छ । वडा अध्यक्षलाइ समयमा खबर गरे पनि गाइको उद्धारका लागि कुनै पनि पहल नगरेको बताए। स्थानीय ठेकेदार डोजर ल्याइ दिन हार गुगार गरेको भए पनि ठेकेदारहरूले आनाकानी गरेको बताए। अबेर रातिसम्म खटिएर गाईको सकुशल उद्धार भएपछि परिवार तथा गाउँलेले राहत महसुस गरेको प्रतिक्रिया दिएका छन्

प्रतिक्रिया दिनुस