लाल बहादुर एसके

लालझाडी । कञ्चनपुरको लालझाडी गाँउपालिकामा आचार्य, पण्डित, पत्रकार सहितका समाजिक अभियन्तालाई सम्मान गरिएको छ । लालझाडी गाँउपालिकाले देशभरकै पहिलो आचार्य दलित कृष्ण दमाई, दलितका पण्डित गणेश पन्त र दलितका पत्रकार लाल बहादुर एसकेलाई सम्मान गरेको हो । जातिय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस ०८३को अवसरमा उनीहरुललाई सम्मान गरेको पालिकाले जनाएको छ । लालझाडी गाँउपालिका प्रमुख निर्मल रानाले देशभरमा पहिलो दलित आचार्य दमाई, दलित समुदायमा धार्मिक कामकाज गर्ने पण्डित पन्त र दलित युवा पत्रकार एसकेलाई दोसल्ला, प्रमाण पत्रका साथै सम्मान गरिएको बताए । सुदूरपश्चिम प्रदेशका आन्तरिक तथा कानून मामिलामन्त्री हिरा सार्कीले समाजमा विभेद अन्त्यका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष भूमिका निर्वाह गर्ने महानुभावहरुलाई हार्दिक आभार प्रकट गरेका छन । कार्यक्रममा लालझाडी गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्कीले सहजिकरण गरेका थिए । कार्यक्रममा जनप्रतिनिधी, दलित अगुवा सहितको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुस