
कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टामा थप २०३ जनाको मृत्यु भएको छ। विभिन्न अस्पतालमा उपचाररत उनीहरुको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चार हजार ६६९ पुगेको छ। यो संख्या कोरोनाको उद्गम मुलुक चीनको भन्दा बढी हो।
चीनमा हालसम्म चार हजार ६३६ जनाको मृत्यु भएको तथ्यांक छ। त्यस्तै पछिल्लो २४ घण्टामा ८ हजार ५२० जना संक्रमित थपिएका छन् भने ६ हजार १३५ जना संक्रमणमुक्त भएका छन् । नेपालमा अहिले १ लाख ७ हजार ३३६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
		प्रतिक्रिया दिनुस
		
	

 
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                    