पछिल्लो २४ घण्टामा कञ्चनपुर–कैलालीमा कोरोना संग जुझिरहेका ८–८जना संक्रमितको निधन भएको छ। कञ्चनपुरमा आज मृत्यु हुनेमा भीमदत्त नगरपालिकामा ३ जना, वेदकोट र पुर्नवासमा १–१ जना, बेलौरीमा २ जना र गोदावरी कैलालीका १ जनाको मृत्यु भएको छ। आज (शुक्रवार) १ सय १२ जनाले कोरोना जितेका छन् ।

कोरोना जित्नेमा भीमदत्तका ४० जना वेदकोट ५ जना, शुक्लाफाँटा १७ जना, कृष्णपुर १४ जना, र ऐन्टिजिन संक्रमित ३६ जना रहेका छन् आज संक्रमण मुक्त भएका सहित अहिले सम्म २ हजार ६ सय ४२ जनाले कोरोना जितेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै, कञ्चनपुरमा शुक्रवार १ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ महाकाली अस्पतालमा गरिएको पिसिआर परिक्षणमा १ सय ११ जना र ऐन्टिजिन परिक्षणमा ४२ जनामा कोरोना संक्रमिण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका कम्प्युटर अपरेटर महेन्द्रा भट्टले जानकारी दिईन् ।

पिसीआर  र ऐन्टिजेनबाट परिक्षण गर्दा कोरोना पुष्टि हुनेमा भीमदत्त नगरपालिकामा ९३ जना, वेदकोटमा ५ जना, शुक्लाफाँटामा १७ जना, कृष्णपुर र बेलौरीमा १९१ जना, बेलडाँडीमा ५ जना, महाकाली अस्पतालमा १ जना, गडडाचौकीमा १ जना, र दोधारामा ३१ जना र पुर्नवासमा १२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
यो संगै कञ्चनपुरमा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ९२ पुगेको छ भने, ऐन्टिजिनबाट परिक्षण गर्दा १ हजार ३ सय ८४ जनामा कोरोना पुष्टि भएको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार ३ सय २९ पुगेको छ ।

उता कैलालीमा पछिल्लो २४ घण्टामा ४३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १२०३ जनाको परिक्षण गर्दा कैलालीका ४३३ जनामा संक्रमण पुष्टि भएको हो । धनगढी उपमहानगरपालिका भित्रका २५ जनामा संक्रमण पुष्टि भएको हो । कैलालीका अन्य स्थानीय तहमा ४०८ जना संक्रमित भएका छन् ।

कैलाली बाहेकका प्रदेशका अन्य जिल्लामा १०१ जनामा संक्रमण पुष्टि भएको छ । अहिले अस्पतालको अस्थायी कोरोना अस्पतालमा ९८ जना संक्रमितको उपचार भइरहेको छ । ती मध्ये २ जना भेन्टिलेटरमा र १६ जना आइसियुमा छन् । पछिल्लो २४ घण्टामा २ जना निको भएका छन् भने ७ जन अस्पताल भर्ना भएका छन्। त्यस्तै पछिल्लो २४ घण्टामा कैलालीमा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीका ५ जना, कंचनपुरका २ जना र दार्चुलाला १ जनाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए । कैलालीका पनि ३ जना धनगढी उपमहानगरपालिका भित्रैका रहेका छ ।एक जना गोदावरी र एक जना लम्की चुहाका रहेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुस