कञ्चनपुरमा थप एक सय ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा महाकाली अस्पतालमा गरिएको पिसिआर परिक्षणमा ९३ जना र ऐन्टिजिन परिक्षणमा ४० जनामा गरी एक सय ३३ जनामा संक्रमण पुष्टि भएको हो।
कोरोना पुष्टि हुनेमा भीमदत्त नगरपालिकामा ८१ जना, वेदकोटमा १० जना, कृष्णपुर र बेलडाँडीमा १÷१बेलौरीमा १५ जना, दोधारामा १७ र लालझाडीमा २ जना पुर्नवासमा ५ जना र गडडाचौकीमा १ जना रहेको स्वास्थ्य कार्यालयका कम्प्युटर अपरेटर महेन्द्रा भट्टले जानकारी दिईन् । यो संगै कञ्चनपुरमा कोरोना संक्रमितको संख्या ३ हजार ७ सय ९८ पुगेको छ भने, ऐन्टिजिनबाट परिक्षण गर्दा १ हजार ५ सय ८० जनामा कोरोना पुष्टि भएको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार ४ सय ७३ पुगेको छ ।
आइतवार कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ । आज मृत्यु हुनेमा भीमदत्त नगरपालिकामा २ जना, र दोधारा चाँदनी वेदकोट, शुक्लाफाँटा, र पुर्नवासमा १÷१ जनाको मृत्यु भएको छ । कोरोना बाट मृत्यु हुनेको संख्या १ सय १५ पुगेको छ । त्यस्तै कञ्चनपुरमा कारोना जितेर घर फर्किनेको संख्या बढदै गईरहेको पाईएको छ । आइतवार १ सय १८ जनाले कोरोना जितेका छन् । संक्रमण मुक्त भएका सहित अहिले सम्म २ हजार ८ सय ६० जनाले कोरोना जितेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।