फाइल।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा वैशाख २७ गते पीसीआर परीक्षण गर्दा उनीमा संक्रमण पुष्टि भएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको हो। मुख्यमन्त्रीका स्वकीय सचिव प्रेम कुँवरले मुख्यन्त्रीलाई संक्रमण भएको पुष्टि गर्दै स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए ।

कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएपछि चिकित्सकको सल्लाह अनुसार परीक्षण गराउँदा उनको रिपोर्ट पोजेटिभ आएको कुँवरले बताए । मुख्य मन्त्री भट्टको सेती प्रादेशिक अस्पतालका कोभिड विभाग प्रमुख डाक्टर शेरबहादुर कमरको निगरानीमा होम आइसोलेसनमै उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुस