धनगढी–सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालय पाँच जना कर्मचारीको भरमा चलिरहेको छ। कोरोनाको महामारीमा सबभन्दा महत्वपूर्ण भूमिका खेल्नुपर्ने यस मन्त्रालयमा जनशक्तिको चरम अभाव रहेको मन्त्री कृष्णराज सुवेदीले बताए। ‘हाम्रै मन्त्रालयमा ५५ जनाको दरबन्दी छ, १२ जना छन्।

१२ जनामा पनि ७ जनालाई कोरोना लाग्या छ, ५ जनाले मन्त्रालय धान्नु प¥या छ,’ उनले भने। उनले प्रदेश सरकारसँग कर्मचारी नरहेको र भर्खर लोकसेवा गठन गरेकोमा कर्मचारी भर्ना हुन समय लाग्ने बताए।अस्थायी ४८६ पदका लागि प्रत्येक जिल्ला अस्पताललाई कर्मचारी राख्न आग्रह गरिएकोमा छैठौंदेखि मुनिका पदमा आवेदन परेको उनले बताए। त्यसमाथिका पदमा दरखास्त नपरेको अवस्था रहेको उनले बताए। ‘हामीले आवश्यकता अनुसार विज्ञापन गर्नुस् भन्यौं, छैठौं तहसम्म अधिकांशले आवेदन दिए तर त्यो भन्दामाथि एमबिबिएससम्मका डाक्टर सापहरू एक जना कुनै पनि अस्पतालमा आउनु भएन,’ उनले भने।

प्रदेशको काम गर्ने प्रमुखको जिम्मा संघ मातहतका कर्मचारीलाई दिइएकाले पनि काम गर्न समस्या हुने गरेको उनको अनुभव छ। ‘गत वर्ष मैले कोरोनाका लागि ५० करोड उपलब्ध गराउन मागेको थिएँ। तत्कालीन अर्थमन्त्रीले त्यो बजेट अर्थ मन्त्रालयमै राखे’, उनले भने, ‘एक जना कर्मचारीले तीन महिना फाइल नै बढाएनन्, संघीय सरकारलाई ती कर्मचारी सरूवा गराइदिन आग्रह ग¥यौं। अहिले मुख्यमन्त्रीलाई आन्तरिक मामिला मन्त्रीलाई अर्थको जिम्मा दिनुस् भनेपछि बल्ल फाइल स्वीकृत भयो।’

प्रतिक्रिया दिनुस