धर्मानन्द भट्ट,

बाँच्नुस जिन्दगी अहिले अवसर तमाम आउने छ।
मरे भने एक दिनलाई सञ्जालमा नाम आउने छ।

मैले पनि योगदान पुर्‍याएको छु गणतन्त्र ल्याउन
बिश्वास छ मर्दा श्रद्धाञ्जली दिन काम आउने छ।

गनी फिर्ता नहुने ठाउँमा लगानी गरेछु जवानी,न

नकुर्नुन चिट्ठी आउने छ न कुनै खाम आउने छ।

दरिद्रहरूको सङ्गत अपराधीहरूको समर्थन भो
किन आस गर्छौ माल सामान सर्जाम आउने छ।

सुरक्षित भएर बस्नुस हिसाब किताब मिलाउँला,
बिरामी भए को भेट्न को लिएर माम आउने छ।

एकपटक भत्काएर सकिँदैन जीवन यो चरीको
अँध्यारो हराएर जान्छ जीवनमा घाम आउने छ।
२०७८/०२/०४ महेन्द्रनगर

प्रतिक्रिया दिनुस