फाइल।

कञ्चनपुरको बेलौरीमा पालिकाको लागतमा अक्सिजन प्लाण्ट निर्माण गरिने भएको छ। कञ्चनपुरको क्षेत्र नम्बर १ मा पर्ने चार पालिका बेलौरी, पुनर्वास, लालझाडी र बेलडाँडीका प्रमुखहरुको सोमबार बसेको संयुक्त बैठकले बेलौरीको भकुण्डामा संयुक्त अक्सिजन प्लाण्ट बनाउने निधो गरिएको हो।

२ करोड ५ लाख कुल लागत लाग्ने अक्सिजन प्लाण्ट निर्माणका लागि चारै स्थानीय तहले संयुक्त रुपमा बजेट विनियोजन गरि एकदुई दिनमै कार्य थालनी हुने पुनर्वासका नगर प्रमुख जिवनराज थापाले बताए। “दैनिक ७५ वटा सिलिन्डर भर्न सक्ने क्षमताको प्लाण्ट बन्छ ।“ उनले भने, “७२ घण्टा भित्रै टेण्डर गरि आगामी बीस ÷ पच्चीस दिनमा प्लाण्ट निर्माण कार्य सक्छौ ।“ हाल नगरपालिकाले ६५ लाख र गाउँपालिकाले ३५ लाखको दरले लगानी गर्ने निर्णय गरिएको र प्रदेश सरकारबाट पनि सहयोगको अपेक्षा राखेको बताए । जनताको स्वास्थ्य प्रति गम्भीर भइ अक्सिजन प्लाण्ट निर्माण गर्ने पालिकाहरुको निधो बाहिर आएपछि जनसमुदायमा पनि यतिबेला निकै हर्ष छाएको छ ।

प्रतिक्रिया दिनुस