महेन्द्रनगरमा लागु औषधसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भिमदत्त नगरपालिका वडा नम्बर ५ का २६ वर्षीय नविन भाट र २० वर्षीय रोहीत सुनार रहेका छन्। जिल्ला प्रहरी कार्यालय र मातहतबाट खटीएको प्रहरी टोलीले विशेष सुचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
सुकासालस्थित बिक्रि बितरणको लागी तयारी अवस्थामा रहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाक्षेत्रिले बताए। उनीहरुको साथबाट १.९० र ०.०४ गरी १.९४ ग्राम लागु औषध (खैरो हेरोईन ) फेला पारेको थापाक्षेत्रीले बताए। उनिहरुमाथी लागुऔषध कारोबार अन्र्तगत मुद्धा चलाइने डिएसपी थापाक्षेत्रीले जानकारी दिए।
प्रतिक्रिया दिनुस