महेन्द्रनगर–कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ। सोमबार साँझ महेन्द्रनगर बजारबाट भीमदत्त नगरपालिका–१ को राजीपुर जाँदै गरेको से ५ प ५५३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा चालक सोही ठाउँका २८ वर्षीय सुनिल लामिछानेको मृत्यु भएको प्रहरीले जनाएको हो।
दुर्घटनामा गम्भीर घाइते उनको उपचारका क्रममा महाकाली अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। कोरोना महामारीका बिच जारी लकडाउनमा उक्त मोटरसाइकल कसरी अनियन्त्रीत हुन पुग्यो भन्ने विषयमा अनुशन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी अमरबहादुर थापाक्षेत्रीले जानकारी दिए।
प्रतिक्रिया दिनुस