महेन्द्रनगर–सुदूरपश्चिमका पहाडी दुइ जिल्ला बैतडी र डोटी अस्पतालमा अक्सिजन प्लान्ट स्थापना हुने भएको छ। पछिल्लो समय कोरोना सङ्क्रमितलाई अक्सिजन अभावमा समस्या उत्पन्न भएपछि जिल्ला अस्पतालहरुमा अक्सिजन पाइप लाइन तथा प्लान्ट स्थापनाका लागि अर्थ मन्त्रालयले डेढ–डेढ करोड (एक करोड ५० लाख) बजेट विनियोजन गरेको हो।
अक्सिजन पाइप लाइन र प्लान्ट स्थापना भएपछि उपचारमा सहज हुने जिल्ला अस्पताल डोटीका मेडिकल सुपरिटेन्डेन्ट कृष्णराज जोशीले बताए। उक्त अस्पतालहरुमा अक्सिजन प्लान्ट कम्तीमा पनि एक महिनामा स्थापना भइसक्ने जनाइएको छ। पछिल्लो समय अक्सिजन अभावकै कारण कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन्।
प्रतिक्रिया दिनुस