फाइल।

कपिलवस्तुमा माओवादी केन्द्रका नेतामाथि गोली प्रहार भएको छ। माओवादीका जिल्ला सदस्य दीपक पाण्डेमाथि बुधबार राति करिब ११ बजेतिर गोली प्रहार भएको र उनको पेट–बाँयातिरको कम्परमा चोट लागेको प्रहरीले जनाएको छ।

तौलिहवा–जितपुर सडकखण्डमा पर्ने सडवामा गोली प्रहार भएको र गोली प्रहार गर्ने समूहको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। पाण्डेसँगै मोटरसाइकलमा सवार भारतीय नागरिक इराज अख्तर मुलसमानको पाखुरामा गोली लागेको छ ।

तौलिहवातर्फ जादै गरेका पाण्डेलाई एउटा मोटरसाइकलमा आएका ३ जनाको समूहले मोटरसाइकल रोकेर गोली हानेको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुस