महेन्द्रनगर–संघिय सरकारले कोरोना संक्रमितको निःशुल्क हेरबिचार गर्न मुलुकभरीमा ३० अस्पताल संग सम्झौता गरेको छ। जसअन्र्तगत सुदूरपश्चिमका ६ अस्प्तालले कोभिड–१९ केयर युनिट संचालन सम्बन्धी सरकार सँग सम्झौता गरेका छन्।

स्वास्थ्य तथा जंनसंख्या मन्त्रालयले सुदूरपश्चिमका कैलाली अस्पताल, मायामेट्रो अस्पताल, नवजीवन अस्पताल, निसर्ग अस्पताल, अत्तरियामा रहेका पदमा अस्पताल र सुदूरपश्चिम सामुदायिक अस्पताल सँग कारोना कोभिड–१९ केयर युनिट संचालन गर्न सम्झौता गरेको जनाएको छ।

मन्त्रालयले सम्झौता गरेका अस्पतालको नाम छुट्न गएको भए सामाजिक विकास मन्त्रालय⁄स्वास्थ्य तथा जंनसंख्या मन्त्रालयलाई सहि छाप गरेको सम्झौताको प्रति मेल मार्फत पठाउन अनुरोध समेत गरेको छ।
सम्झौता गरीएका सुदूरपश्चिमका ६ अस्पतालले कोरोना संक्रमितको निःशुल्क हेरबिचार गर्ने जनाइएको छ।

प्रतिक्रिया दिनुस