कञ्चनपुरमा थप २ सय ५१ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन्। पछिल्लो २४ घण्टामा जिल्लामा ६१ जनामा संक्रमण पुष्टि भएको छ भने २ सय ५१ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको हो। यस अघि जिल्लामा शुक्रवार १ सय २८ जनामा, शनिवार १ सय २२ जनामा कोरोना देखिएको थियो भने आज आइतवार ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

महाकाली अस्पतालमा ६६ जनामा गरिएको पिसिआर परिक्षणमा ३१ जना र ३ सय १४ जनामा गरिएको ऐन्टिजिन परिक्षणमा ३५ जनामा कोरोना संक्रमिण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका कम्प्युटर अपरेटर महेन्द्रा भट्टले जानकारी दिईन्। पिसिआर र ऐन्टिजेनबाट परिक्षण गर्दा कोरोना पुष्टि हुनेमा भीमदत्त नगरपालिकामा ३१ जना, वेदकोट, गडडाचौकी र शुक्लाफाँटामा ४–४ जना, बेलडाँडी र पुनर्वासमा ३–३ जना बेलौरीमा ९ जना, र दोधारामा ८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ।

यो संगै कञ्चनपुरमा कोरोना संक्रमितको संख्या ४ हजार ५ सय १८ पुगेको छ भने, ऐन्टिजिनबाट परिक्षण गर्दा १ हजार ८ सय २३ जनामा कोरोना पुष्टि भएको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार २ सय ३ पुगेको छ । अहिले सम्म जिल्लामा ४ हजार ९ सय ५८ जनाले कोरोना जितेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा १ जनाले ज्यान गुमाएका छन् । भीमदत्त नगरपालिकामा १ जनाको कोरोना संक्रमण बाट निधन भएको हो । यस सँगै कोरोना बाट मृत्यु हुनेको संख्या १ सय ४६ पुगेको छ ।

प्रतिक्रिया दिनुस