गत विहिबारको वर्षाले महेन्द्रनगरमा कालोपत्रै सडक नै भत्कीएको छ। भीमदत्त नगरपालिका–१९ स्थित बाकफाँटामा निर्माण गरीएको कालोपत्रे सडक आकासे पानिले पग्लिएको हो। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको बस्ती किनारतर्फबाट बन्न लागेको सडक गाउँ किनार भएर बहने नदीमा बाढी आएपछि भत्किएको स्थानियले जनाएका छ। केही दिन अगाडि मात्रै निर्माण सम्पन्न भएको सडक भत्काएपछि स्थानीयले विरोध गरेका हुन्।

सडक डिभिजन कार्यालय महेन्द्रनगरले निर्माण गरेको उक्त सडक कमसल सामाग्री प्रयोग गरिएकै कारण सडक भत्केको स्थानीयले श्याम जोशीले आरोप लगाए। उनले सडक निर्माण गर्दा नदीको डुबान तथा कटान क्षेत्रको अध्ययन नगरिएकै कारण सडक भत्किन पुगेको बताए । बस्तीबाट ढल व्यवस्थापनको निम्ती विभिन्न ठाउँमा सडकमुनि ह्युमपाइप राखिएका छन् । सडकमुनि राखिएका ह्युमपाइपले पनि नदीको सतह बढ्दा उल्टै बस्ती डुबानमा पर्ने समस्या सिर्जना भएको उनको भनाइ छ ।
निर्माण कम्पनीले पानीको सतह हेरेर ह्युमपाइप राख्ने गरेको भए पनि स–सानो पानी परेको समयमा पनि उक्त नदीको सतह बढ्ने भएकाले स्थानीयलाई पुरानो दिनभन्दा झन् समस्या भएको स्थानीयले जनाएका छन् । वर्षाले सडक भत्काउँदा समस्या निम्तीएको स्थानिय लक्ष्मी दत्त पन्तको भनाइ छ।

नदीको बहाब बढेपछि स्थानीय बस्तीस्तरमा पानीले डुबाउने अवस्था सिर्जना भएको वडाध्यक्ष दामोदर महराले बताए। ढल व्यवस्थापनका लागि राखिएको ह्युमपाइपबाटै नदीको पानी बस्तीमा फिर्ता आउने समस्या भएको उनले बताए। सडकमुनि दबाएर राखिएका ह्युमपाइको गेट प्रणाली लागू गर्नका लागि सडक डिभिडन कार्यालय महेन्द्रनगरलाई पत्राचार उनले जानकारी दिए। गेट प्रणाली निर्माण गर्न समय लाग्ने भए पनि आवश्यक पहलकदमीका लागि सहकार्य भइरहेको उनले बताए।

प्रतिक्रिया दिनुस