लण्डन– बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आफूभन्दा २३ वर्ष कम उमेरकी प्रेमिका केरी साइमण्ड्ससंग विवाह गरेका छन् । द सनका अनुसार उनीहरुले वेस्टमिनिस्टर चर्चमा शनिवार विवाह गरेका हुन् । उनीहरुको उक्त विवाहको तयारी पछिल्लो छ महिनादेखि चलिरहेको थियो, जसका बारेमा उक्त चर्चाका सिमित अधिकारीहरुलाई मात्र जानकारी थियो ।

शनिवार सम्पन्न उनीहरुको वैवाहिक समारोहमा उनीहरुका निजका साथीभाइ तथा परिवारका सदस्य करिव ३० जना पाहुनाहरु मात्र सहभागि भएको समाचारमा जनाइएको छ । इङ्ल्याण्डमा कोरानो भाइरसको संक्रमणपछि वैवाहिक समारोहहरुमा ३० जना भन्दा बढीलाई सहभागि हुने अनुमति छैन । यसअघि उनीहरुले ३० जुलाई २०२२ मा मात्र विवाह गर्ने चर्चा थियो । यद्यपि, बेलायती सञ्चार माध्यमहरुले जनाए अनुसार उनीहरुले भरखरै गोप्य रुपमा विवाह गरेका हुन् ।

बोरिस जोन्सन तथा केरी साइमण्ड्सले सन् २०१९ मै इन्गेज्मेन्ट गरेका थिए, तर कोरोना भाइरसको संक्रमणका कारण उनीहरुले २०२० मा विवाह गर्न सकेनन् ।यो वर्ष पनि कोरोना भाइरसका कारण इङ्ल्याण्डमा थुप्रै महिला लकडाउन लागू भयो, जसका कारण उनीहरुको विवाहको मिति पछाडि धकेलिएको थियो । केही साताअघि मात्र उनीहरुले आगामी वर्षको जुलाई ३० मा विवाह गर्ने समाचार सार्वजनिक भएको थियो । गत वर्षको फेब्रअरी महिनामा केरी साइडण्ड्सले दुबैको इन्गेज्मेन्ट भएको तथा चाँडै नै विवाह गर्ने कुरा खुलासा गरेकी थिइन् । भनिन्छ, बेलायती प्रधानमन्त्री जोन्सन तथा उनकी प्रेमिका साइमण्ड्सबीच २३ वर्षको उमेर अन्तर छ । जोन्सन प्रधानमन्त्री भएदेखि २०१९ देखि नै दुबै डाउनिङ स्ट्रीटमा संगै बस्दै आइरहेका छन् ।

अघिल्लो वर्ष उनीहरुले छोरा जन्माएका थिए, जसको नाम बिल्फ्रेड लरी निकोलस जोन्सन हो । जोन्सनले यसअघि दुई विवाह गरेका थिए, यद्यपि दुबैसंग उनको पारपाचुके भैसकेको छ । बेलायती प्रधानमन्त्रीले २०१९ मा केरी साइमण्ड्ससंग विवाहको प्रस्ताव राखेका थिए । उनले केरीलाई त्यो बेला प्रस्ताव राखेका थिए, जब उनी विदा मनाइरहेका थिए । त्यसको केही दिनपछि नै जोन्सनको पार्टीले इङ्ल्याण्डमा चुनाव जित्यो । लगत्तै बोरिस जोन्सन बेलायतका प्रधानमन्त्री बनेका थिए ।

प्रतिक्रिया दिनुस