महेन्द्रनगर– अखिल (क्रान्तिकारी)ले स्नातक प्रथम वर्षको परीक्षा फारमको म्याद थप गर्न माग गरेको छ। त्रिभुवन विश्वविद्यालयले स्नातक प्रथम वर्षको परीक्षा फारम यही जेठ मसान्त भित्र भरिसक्नुपर्ने अन्तिम सूचना जारी गरेको भन्दै उक्त समयसापेक्ष नभएको अवस्थामा फारम भर्ने मिती थप गरीनुपर्ने माग गरीएको हो।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष हरीकृष्ण गजुरेलद्धारा हस्ताक्षरीत विज्ञप्तिमा कोभिड–१९ को दोस्रो लहरका कारण सिङ्गो मुलुक नै आक्रान्त बनिरहेको अवस्थामा हचुवाको भरमा जेठ मसान्त सम्म प्रथम वर्षको परीक्षा फारम भरीसक्नुपर्ने निर्णय वर्तमान अवस्थामा उचित नरहेको भन्दै अविलम्ब म्याद थप गर्न चेतावनी दिइएको छ।

विज्ञप्तिमा कक्षा १२ पास गरेका विद्यार्थीहरुको रजिष्ट्रेसन नम्बर नआएका कारण ती विद्यार्थीहरुलाई अविलम्ब रजिष्ट्रेसन नम्बर उपलब्ध गराई वर्तमान अवस्थालाई मध्यनगर गरी परीक्षा फारम भर्ने वातावरणीय परिस्थितिलाई आत्मसाथ गरी आवश्यकतामा फारम भर्ने मिति थप गरीन माग गरीएको छ।

साथै विज्ञप्तिमा भनिएको छ–त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसहरुमा अनलाइन कक्षा सञ्चालन भए तापनि प्रभावकारी हुन नसकेको अवस्थामा समेत पुरै शुल्क लिइरहेको हुँदा लिइएको शुल्क अविलम्ब फिर्ता गरी आगामी दिनमा भौतिकरुपमा कक्षा सञ्चालन नरीदा सम्म शुल्क नलिन अनुरोध गरीएको छ। अन्यथा, शुल्क लिएमा कार्वाही गर्ने चेतावनी समेत दिइएको छ।

विज्ञप्तिमा बी एण्ड सी मेडिकल कलेज (प्रस्तावित) लाई नेपाल सरकारको ठाडो आदेशमा राष्ट्रिय चिकित्सा शिक्षा आयोगबाट सम्बन्धन दिने षड्यन्त्रपूर्ण कार्यलाई रोकी सम्बन्धनहरु दिँदा निती, विधि, प्रक्रिया एवम् नियमसंगत ढङ्गले दिने व्यवस्था गरीन माग गरीएको छ। अन्यथा शिक्षा र स्वास्थ्य माफियाको संरक्षण गर्ने कार्य भएमा नेपाल सरकार र सम्बन्धित पक्षको भण्डाफोरसहित सशक्त संघर्षमा उत्रने चेतावनी समेत दिइएको छ।

May be an image of text

प्रतिक्रिया दिनुस