डोटी – केही दिन अगाडी राती करिब साढे १२ बजेको समयमा प्रज्वलनशील पदार्थ छर्केर जिउँदै शरीरमा आगो लगाईएकी डोटी आदर्श ४ रोडिङ्गेकी वर्ष २८ की लक्ष्मी भाटको हेलिकप्टरबाट उद्दार गरी उपचार गरिने भएको छ । यहि जेठ १२ गते मध्ये आफ्नै पसलमा अढाई वर्षकी छोरीसँगै सुतिरहेकी लक्ष्मीलाई प्रज्वलनशिल पदार्थ छर्केर आगो लगाईएको थियो ।लक्ष्मीको उपचार डोटीकै राजपुरस्थित सुजङ्ग अस्पतालमा भईरहेको छ ।

अस्पताल श्रोतले उनको थप उपचारका लागि जिल्ला बाहिर लैजानुपर्ने बताएको र परिवारको कमजोर आर्थिक अवस्थाका कारण बाहिर लैजान कठिनाई भईरहेको घाइतेका आफन्त पदम बोहराले बताए ।वन मन्त्री आले ज्यूले हेलिकप्टर पठाउने जानकारी पाएकाले उनको प्राण बचाउन सकिन्छ कि भन्ने आशा पलाएको बोहराले बताए ।

लक्ष्मीको हात र पेटमा गम्भीर समस्या रहेको जनाईएको छ । उनलाई उपचारका लागि आजै काठमाण्डौ लगिने छ ।घटनाको दिन कान्छी श्रीमतीसँग घरमा रहेका उनका श्रीमान सन्तोष भाट भने घटनापछि फरार रहेका छन् । यसबाट सन्तोषको वहुविवाह भएको पनि खुल्न आएको छ ।

प्रतिक्रिया दिनुस